October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९ हजार ८४१ जना डिस्चार्ज

काठमाडौं, शुक्रबार कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या अधिक रहेको छ । गत २४ घण्टामा ६ हजार ९५१ कोरोना संक्रमित थपिदा ९ हजार ८४१ जना डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुनाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने ४ लाख २८ हजार ६७० जना निको भई डिस्चार्ज भएका छन् । हाल देशभर ८०९ जना क्वारेन्टाइनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको