October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक: राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी छन् ।

शुक्रबार एक ट्विटमार्फत राष्ट्रपति भण्डारीले लेखेकी छन्– ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ तर यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’


भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको