
काठमाडौं – नेपालमा शनिबार ५७ जना काेराेना संक्रमित थपिएका छन् । अब नेपालमा जम्मा काेराेना संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेकाे छ । जसमध्ये ५७ जना आज थपिएका हुन् । शनिबार डिस्चार्ज हुनेकाे संख्या १०३ जना भएका छन् । याे सँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ११ हजार ६३७ पुगेकाे छ ।
हालसम्म काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या ४० जना पुगेका छन् । शनिबार भने मृत्यु संख्या शुन्य रहेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढि संक्रमित हुने जिल्ला ३ रहेका छन् भने ६ जिल्ला काेराेना मुक्त भएकाे छ ।





