October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

संसद विघटनसम्बन्धी मुद्दामा शुक्रवारको बहस सकियो

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि शुक्रवारको बहस सकिएको हो ।

बाँकी मुद्दामा आइतबारबाट बहस सुरु हुनेछ । संसद दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । उक्त निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको