October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति: संविधान नै समाप्त हुने खतरा

काठमाडौं, चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् ।


पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले  शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‍‘धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ । यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको