October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इडिसीडीका प्रमुख डा. कृष्ण पौडेललाई दिइएको छ ।

मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहेका पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम थिए भने उनलाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको