April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

लोकतन्त्र संकटमा पार्ने गतिविधिहरुमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ: प्रधानमन्त्री

file photo

प्रधानमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई संकटमा पार्ने किसिमका गतिविधिहरु भइरहेकाले यसमा आफ्नो तथा सरकारको ध्यानाकर्षण भएका बताएका छन् ।

शुक्रबार भर्चुअल माध्यमबाट दमक बहुमुखि क्याम्पसको १० करोडको लागतमा बन्न लागेको व्याशायीक प्रयोजन सहितको शैक्षिक भवनको शिलन्यास गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दलीय साशन व्यवस्थामा निर्दलीय चरित्र देखाउनु राम्रो नभएको भन्दै यसमा सबै दलको ध्यान जानु पर्ने बताए । कहिले तटस्थता त कहिले निर्दलीय प्रवृत्ति देखाउने कार्य लोकतन्त्रका लागि राम्रो होइन र यो सुहाउने बिषय पनि रहन्न, उनको भनाई छ ।

यस्तै कोरोना संक्रमण रोकथामसँगै विकास निर्माणको महाअभियान नरोकियोस भनेर आफुहरु लागि परेको बताउँदै हरेक नागिरकको सुरक्षित र शुनिश्चित जीवनको प्रवन्ध गर्न लागि परेको उनले बताए ।

तत्काल विकास निर्माण लगायतका कामहरु रोक्न बिभिन्न कोणबाट आवाज उठ्दै आएको जनाउदै यस्तो कार्य देश र जनताको हितमा नहुने उनले जिकिर गरे ।

शीर्ष समाचार

धेरै पढिएको