October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना पक्राउ

काठमाडौं, भेरी अस्पतालका नर्स र चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको हो ।

बिहीबार राती कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुइ जना मृतकका छोराहरू रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले बताएका छन् । उनले उनिहरुका बारेमा अनुसन्धान भैरहेको बताए ।

यसैगरी दोषीहरुलाई कडा कारवाहीको माग गर्दै भेरी अस्पतालका सम्पुर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

उनिहरुले काम छोडेर अस्पतालको प्रांगणमा भेला भै दोषीलाई कारवाही र आफ्नो सुरक्षाको माग गर्दै नाराबाजी गरिरहेका छन् । माग पुरा नभएसम्म काममा नफर्किने भेरी अस्पताल स्वास्थ्यकर्मीसंघका अध्यक्ष होमनाथ सुवेदीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको