October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

१५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन

file photo

काठमाडौं, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।

संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहसमा सहभागी कानुन  व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले यस्तो निर्देशन दिएका हुन् ।

हाल ११ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको