
काठमाडौं – शुक्रबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको रोहबरमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शिशिरकुमार खतिवडा र विश्व बैकका तर्फबाट राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेकाे हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विशेषगरी कोभिड १९ पश्चातको अबस्थामा आर्थिक वृद्धिलाई द्रुत र दीगो बनाउन आयोजना केन्द्रित हुने बताएका छन् ।
सरकार र विश्व बैंकबीच यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारका लागि ४५ करोड अमेरिकी डलर अर्थात ५४ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले क्षेत्रिय व्यापार र सम्पर्क सञ्जालको सहजीकरणका साथै रोजगारको अवसर सिर्जना गर्नपनि सहयोगी हुने बताए।
सम्झौता अनुसार यही आयोजनाले रणनैतिक सडक सञ्जाल व्यवस्थापन र क्षमताको सुदृढीकरण गरी सीमा व्यापारको दक्षतामा सुधार गर्नुको साथै उच्च चाप रहेका अन्य सडकको पनि आवधिक मर्मत गर्न गरिनेछ ।





