October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । 

इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएको छ ।

यसपटक प्रधानन्यायाधीश जबराले आफ्नो कामकारबाहीमा असन्तुष्ट भएका वरिष्ठतम न्यायाधीश कार्कीलाई पनि इजलासमा राखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको