October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

बेलायतले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, बेलायत सरकारले नेपाललाई उपलब्ध गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएको हो ।

सामग्रीहरु आह बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको