October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गरे कारबाही

डोटी, उद्योग वाणिज्य सङ्घले आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई कारवाही गर्ने भएको छ ।

उद्योग वाणिज्य सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि डडोटीमा गरिएको निषेधाज्ञाका कारण त्यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।

सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको