October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

संसद विघटनसम्बन्धी मुद्दा हेर्न तोकियो पाँच सदस्यीय संवैधानिक इजलास

काठमाडौं, प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित पाँच सदस्यीय संवैधानिक इजलास तोकेका छन् ।

सो इजलासमा अन्य न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहनु भएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको