October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

आज सुरक्षित महिनावारी दिवस मनाइँदै

काठमाडौं, प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने भएको हो ।

महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको छ ।

महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन् ।

जसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ ।

शीर्ष समाचार

धेरै पढिएको