October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन विधिबाट परीक्षण गराएका नमूनामध्ये ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट १०६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।

यस्तै हाल देशभर १ लाख १६ हजार ४७६ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना कोरोनामुक्त भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको