October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

“चुनाव प्रक्रिया यथास्थितिमा रहनुपर्छ भनेर अन्तरिम आदेश जारी गरिपाँउ”

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सुनुवाइका लागि बहस सुरु भएको छ भने हाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल पूर्ण इजलासमा बहस जारी छ । 

सोही बहसका क्रममा अधिवक्ता बद्री भट्टले सबै धारा ७६ को प्रक्रिया पुरा नगरी प्रतिनिधिसभा विघटन गर्ने काम भएको बताए ।

उनले फागुन ११ गतेको सर्वोच्चको फैसलामै धारा ७६ का सबै प्रक्रिया पूरा गर्नुपर्ने फैसला आइसकेको भन्दै अहिले त्यसविरुद्ध भएको जिकिर गरेका हुन् । 

उनले बहसका क्रममा भने, ‘धारा ७६ को सबै प्रक्रिया अवलम्बन गर्नुपर्ने हो भनेर बोलिसकेको छ सर्वोच्चको ११ फागुनको फैसलामै । यो आदेशको गंभम्र उल्लंघन गरेका छन् प्रधानमन्त्री ओलीले । प्रधानमन्त्री संसदमा जानुपर्छ ।  अहिलेलाई चुनावको प्रक्रिया यथास्थितिमा रहनुपर्छ भनेर अन्तरिम आदेश जारी गरिपाँउ । चुनावले नागरिकको स्वास्थ्यमा पनि असर गर्छ ।’

यसैगरी अर्का अधिवक्ता अजय बुढाथोकीले सरकार बनाउन दाबी पुगेको छुट्याउने नछुट्याउने संवैधानिक अधिकार  छ कि छैन राष्ट्रपतिको विज्ञप्तिमा भन्दै प्रश्न गरे । उनले राष्ट्रपतिको संविधानको पालक र संरक्षक भएको भन्दै यहाँ अधिकार नभइ कर्तव्य पालना हुनुपर्नेमा जोड दिएका छन् ।  

शीर्ष समाचार

धेरै पढिएको