March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्रजातन्त्र नै संकटमा पर्ने देखिएपछि सर्वोच्च पुग्याैं: देउवा

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा प्रजातन्त्र नै संकटमा पर्ने देखिएपनि आफूहरु सर्वोच्च अदालतमा गएको बताएका छन् ।

बिहीवार नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पछिल्लो समसामयिक तथा राजनीतिक विषयमा बोल्दै यस्तो बताएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कांग्रेसको नेतृत्वमा अन्य विपक्षी गठबन्धनको बहुमत प्रतिनिधिसभा सांसदहरुको हस्ताक्षरमा सरकार गठनका लागि राष्ट्रपति समक्ष गरिएको दाबी बदर हुनु अलोकतान्त्रिक गतिविधि भएको उनको भनाइ छ ।

उनले भने, विपक्षी गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही नेताहरुका सम्बन्धमा निर्दलीय भन्ने विषय कुरा उठेको छ तर म एकचोटी उहाँहरुलाई संविधान पढ्न आग्रह गर्छु, संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाका कुनै पनि सांसदहरु भनेर लेखिए बमोजिम हामीले सरकार गठनको दाबी गरेका थियौं ।”

शीर्ष समाचार

धेरै पढिएको