October 24, 2021, Sunday
२०७८ कार्तिक ८, सोमबार

मतदातालाई प्रभाव पार्ने बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको खबरदारी

काठमाडौं, सरकारले २०७८/८९ को बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले मतदातालई प्रभाव पार्ने योजना र कार्यक्रम नल्याउन खबरदारी गरेका छन् । बिहिवार संयुक्त आग्रह जारी गर्दै यस्तो खबरदारी गरेका हुन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र कार्यबाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त आग्रहमा हस्ताक्षर गरेका हुन् ।

आग्रहमा उल्लेख छ, ‘कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धीको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति, कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’

शीर्ष समाचार

धेरै पढिएको