October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

संसद विघटनबिरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेन्चमा

काठमाडौं, संसद विघटन बिरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका हुन् । 

प्रधप्रतिनिधि सभा विघटन बिरुद्ध परेका  १९ वटा रिटमा आज सुनुवाइ हुँदैछ । अधिकांश रिट  कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । 

यस्तै रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । प्रधान न्यायाधीशको एकल इजलासले निवेदकहरूका माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे आदेश गर्नेछ । 

शीर्ष समाचार

धेरै पढिएको