October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

खोप खरिदमा सहजीकरण गरिदिन चिनियाँ समकक्षीलाई भण्डारीको आग्रह

file photo

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिनलाई नेपाललाई खोप खरिदमा सहजीकरण गरिदिनका लागि आग्रह गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदको लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन् ।


भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीको संवाद उदृत गर्दै सञ्चार विज्ञ ढकालले भने, ‘अहिले नेपाली जनताको जीवन बनाउनको लागि आवश्यक छ । अहिलेको अवस्थामा कोभिड–१९ खोपको नेपाललाई आवश्यक छ । नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’

यस्तै भण्डारीको आग्रह स्विकार्दै जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ढकालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको