October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

काठमाडौं उपत्यकामा थपिए १ हजार ४९३ संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा १ हजार ४९३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा गरी गत २४ घण्टामा १४ सय ९३ जनामा कोरोना पुष्टि भएको हो ।

यसमध्ये काठमाडौंमा ११ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा देशभर ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ ।

३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । मृतक भने १४५ थपिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको