October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अस्पतालको आपूर्तिभन्दा बाहिर नजाने गरी अक्सिजन सिलिण्डर व्यवस्थापन गर्न आग्रह

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी अक्सिजन सिलिण्डर समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

बुधबार मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिण्डर व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकोले संवेदनशील बन्न अनुरोध गरेको हो ।

संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गर्न गराउन आग्रह गरेको छ ।

यस्तै कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरणको व्यवस्थापन गरिरहेको र केही दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नका लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको