October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

कोरोना उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्लूएचओलाई अमेरिकाको आह्वान

वासिङ्टन, अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न आह्वान गरेको छ ।

अमेरिकी स्वास्थ्यमन्त्री जेभियर बेसेराले कोरोनाबारे अर्को चरणको पारदर्शी छानबिन सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका विवरणहरू आएका छन् ।

यसबीचमा डब्लूएचओले गरेको अनुसन्धानमा कोरोना प्रयोगशालाबाट फैलिएको नदेखिएको र यो जनावरबाट जनावर हुँदै मानिसमा फैलिएको पत्ता लागेको थियो ।

उक्त अनुसन्धानमा पुनर्विचार हुनुपर्ने भनेर अमेरिकाले माग गरिरहेको समयमा फेरि पारदर्शी अनुसन्धानको खाँचो भएको औंल्याएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको