October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

एमालेका १२ नेतालाई पठाइयो लिखित स्पष्टीकरणपत्र

काठमाडौं, नेकपा एमालेका १२ जना नेतालाई आज लिखित स्पष्टीकरणपत्र पठाइएको छ । पार्टी कार्यालय सचिव तामाङकाअनुसार २४ घण्टाको समयावधि तोकेर उनीहरुलाई स्पष्टीकरणपत्र पठाइएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको सो निर्णयअनुसार बुधवार पत्र पठाइएको हो ।

सोमबारको बैठकले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्काशन गरेको थियो । १२ जनाको स्पष्टीकरणपत्रको व्यहोरा हेरेर कुन प्रकृतिको कारवाही गर्नेबारे टुङ्गो लाग्ने नेता तामाङले बताए ।

एमाले स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टीकरणपत्र पठाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको