October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाउने काम गरेको कांग्रेसको आरोप

file photo


काठमाडौं, नेपाली कांग्रेसले सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको आरोप लगाएको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले यस्तो आरोप लागाएको हो ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा भए उत्पन्न गराएको ठहर गरेको हो ।

पछिल्लो समय सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको सहमहामन्त्री महतको बाठ उनले भने, ‘दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ ।’

सामान्य व्यवसाय गरेर जीवन चलाउने र श्रमिकहरुलाई जीविकोपार्जनका लागि नै संकट उत्पन्न भएका बेला सरकारले राहतको व्यवस्था नगरेको पनि कांग्रेसको आरोप छ ।

‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको छ,’ महतले भने ।

शीर्ष समाचार

धेरै पढिएको