October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अस्पतालबाट फरार एक कोरोना सङ्क्रमित पुरुष पक्राउ

डोटी, डोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट फरार रहेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् ।

जिल्लामङ्गलबार दिउँसो एकाएक फरार भएका उक्त सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

डा सुरज श्रेष्ठका अनुसार कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको हो ।

सङ्क्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका सङ्क्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको