
काठमाडौं – नेपालमा शुक्रबार १०१ जना नयाँ काेराेना संक्रमित थपिएको छ । हालसम्म नेपालमा जम्मा काेराेना संक्रमितको १७ हजार ४४५ जना पुगेकाे छ । जसमध्ये ८७ प्रतिसत पुरुष र १३ प्रतिसत महिला रहेका छन् ।
हालसम्म काेराेना संक्रमित भई उपचार पछि निकाे हुनेकाे संख्या ११ हजार ५३५ जना छन् । आज थप १ जनाकाे मृत्यु भएको र हालसम्म नेपालमा ४० संक्रमितको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराएका हुन । भाेजपुर ,संखुवासभा , मनाङ,मुस्ताङ ,बाजुरा गरि ५ जिल्ला काेराेना मुक्त भएको छ ।







