
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न नसकेपछि शनिबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका अनुसार शनिबार ३ बजे बालुवाटारमा सचिवालय बैठक बस्नेछ ।
दुई अध्यक्षबीच बारम्बार बैठक र वार्ता भएपनि आन्तरिक विवाद नटुङ्गेकाे भन्दै त्यसलाई सल्टाउन सचिवालय बैठकमा छलफल हुनलागेको हाे । शुक्रबार आव्हान गरिएको बिहान ११ बजेको बैठक साँझ ४ बजेका लागि सारिएको थियो । तर विवादमा सहमति नबनेपछि आइतबार ३ बजेका लागि बैठक सारिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गर्दैआएको छ । तर प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने कुनै कारण नभएको भन्दै अस्वीकार गरिरहेका छन् । पार्टीको आन्तरिक विवाद चुलिँदै गएपछि स्थायी कमिटी बैठक पनि पटकपटक सर्दैगएको छ ।





