
काठमाडौं – साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागेको छ । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेकाे भनाइ छ । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ ।
उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ पर्नेछ बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ ।पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ ।
पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जानेछ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मत लगायतका तयारीका काम गरिरहेको थियो । नागरिकको भिडभाड भएमा आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।





