June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

संयुक्त सामाजिक कल्वद्वारा स्वास्थ्य सामाग्रीका साथै मिर्गौला पिडितलाई सहयोग

भक्तपुर, भक्तपुरको बालकोटस्थित संयुक्त सामाजिक कल्वले टोल टोलमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । विश्वव्यापी महामारी कोभिड-१९ को दोस्रो लहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै आइतबार अत्यावश्यक वस्तु मास्क, स्यानिटाईजर लगायत अन्य औषधि स्थानीयलाई वितरण गरेको हो ।

उक्त कल्वले आज बाल्कोटको संयुक्त टोलमा रहेका मिर्गौला पिडित बालकलाई आर्थिक सहयोगसमेत गरेको छ । सोहि कल्वका अध्यक्ष देविन श्रेष्ठ र अन्य पदाधिकारीद्वारा पिडितलाई १९ हजार ५०० रुपैयाँको चेक पिडीतका बुवालाई प्रधान गरिएको छ । यस्तै उनको थप उपचारका लागि उक्त क्लवले सहयोगको अपिलसमेत गरेको छ ।

यसैगरी पिडितलाई सहयोगको चहनेहरुले ए-सेवाबाट ९८१८४१५०५२ मा र राधेराधे भक्तपुर शाखाको कामना बैंक लि. अन्तर्गत संयुक्त सामाजिक क्लबको खाता नम्बर, ०९३००३००३८७०२१००००१ मा रकम पठाउन सक्ने क्लवका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

स्थानिय व्यक्तित्वहरू मिलेर स्थापना गरेको उक्त कल्वले थुप्रै सामाजिक काम गरिरहेको छ । सरसफाई कार्यक्रम देखि विभिन्न विपन्न, असहाय र आर्थिक स्थिति कमजोर भएकाहरूको साहारा पनि बनिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको