
काठमाडौं – नेपालमा बुधबार नयाँ काेराेना संक्रमित ११६ जना थपिएका छन् । याे सँगै हालसम्मको जम्मा संक्रमित १७ हजार १७७ जना पुगेका छन् । त्यसैगरी नेपालमा काेराेना संक्रमित भई उपचार पछि किनाे हुनेकाे संख्या ११ हजार २५ जना पुगेका छन् ।जसमध्ये आज ६९७ जना डिस्चार्ज भएका हुन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३९ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार बुधबार १ पुरुष काे मृत्यु भएको छ । नेपालकाे ७७ जिल्लामध्य भाेजपुर,मनाङ,मुस्ताङ,हुम्ला गरि ४ वटा जिल्ला काेराेना मुक्त भएको छ ।







