June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

काठमाडौंमा थप २ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ । 

बिहिवार देशभर भने ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा गत २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको