March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २१४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको