June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

देउवासँगको भेटलगत्तै प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सत्ता गठबन्धनको गृहकार्यमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

बिहिवार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै दाहालले अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् । 

स्थायी कमिटी सदस्य मात्रिका यादवले ५ बजेका लागि बैठक आव्हान भएको बताएका छन् । गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको आज अन्तिम दिन हो ।

शीर्ष समाचार

धेरै पढिएको