June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

बुढानिलकण्ठमा ओली र नेपालबीच वार्ता जारी

काठमाडौं, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता सुरु भएको छ ।

आज बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ भने त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको