June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

पार्टीभित्रको आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री ओलीलाई

काठमाडौं, नेकपा एमालेले पार्टीभित्रको आवश्यक निर्णय लिने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्षलाई ओलीलाई प्रत्यायोजन गरेको छ ।

पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरू बिर्सिएर अगाडि बढ्न माधवकुमार नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको उनले बताए । यस्तै बैठकमा पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरूको गम्भीर समीक्षा भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको