June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

नेपालसहित चार जना एमाले नेतामाथि गरेको कारवाही फुकुवा

काठमाडौं, नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ ।

बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङका अनुसार पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको