June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङद्वारा दोस्रो पटक सपथ ग्रहण

पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनः सपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ खुवाएकी हुन् ।

प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तोकिएको समयभित्र चार दलले हस्ताक्षर बुझाएको भएपनि आवश्यक बहुमत पुर्याउन नसकेका कारण मुख्यमन्त्री गुरुङलाई पुनः नियुक्त गरेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको