March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

प्रदेश सांसद चौलागाईंको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् ।

एमालेका अध्यक्ष समेत रहेकाओलीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत ट्वीट गर्दै चौलागाईंप्रति श्रद्धासुम्मन अर्पण गरेका हुन् ।


प्रधानमन्त्री ओलीले शोकाकुल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन । दिवंगत चौलागाई वाग्मती प्रदेशसभा सदस्य समेत हुन् ।

शीर्ष समाचार

धेरै पढिएको