June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

प्रदेश सांसद चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कोरोना संक्रमण भएपछि काठमाडौंको सीतापाइलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।


यस्तै यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको