June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने

काठमाडौं, नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय लम्ब्याएको छ । प्राधिकरणले आगामी जेठ १७ गते अर्थात् मे ३१ को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । 

यस समयमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान कायम रहनेछ भने नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

यस्तै प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको