June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

मंगलबार उपत्यकामा मात्रै थपिए ३ हजार ९२७ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र झन्डै चार हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमध्ये काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जना रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको