June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि, एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं, मंगलपुरबार थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् । निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको