June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई दाजुभाइको मृत्यु

सांकेतिक तस्वीर


चितवन, मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा बाग्लुङको गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटना घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको