June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने, पार्टी प्यालेसमा विवाह गर्न नपाइने

file photo

काठमाडौं, काठमाडौं उपत्यकामा बुधबारबाट अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।

भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईका अनुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल १० बजेसम्म खोल्न पाउने निर्णय गरेको हो ।

उनले भने, ‘अत्यावश्यक खाद्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाउने गरी निर्णय भएको छ । पसलमा भौतिक दूरी कायम गरेर मात्र किनमेल गर्न अनुरोध छ ।’

यसअघि उपत्यकाका तीन सीडीओको बैठकले बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञा गरेको थियो ।

यस्तै अब पार्टी प्यालेसमा विवाह गर्न नपाइने भएको छ । भट्टराईले भने, ‘अब पार्टी प्यालेसमा विवाह गर्न पाइने छैन । यसअघि १५ जना उपस्थित हुन पाइने व्यवस्था गरिएको थियो भने अब घटाएर १० जना सीमित गरिएको छ। ’ 

शीर्ष समाचार

धेरै पढिएको