
सिन्धुपाल्चोक बाह्रबिसे – बाढीपिडित हरुलाई केही समयकाे लागि बासस्थानकाे व्यवस्था मिलाउनका लागि बाह्रबिसे नगरपालिका काे मेयर निमफून्जु शेर्पा आफै घटनास्थल जम्मुमा पुगेका छन् । घर नभएकाहरु लाई अस्थाई बसाेबास गर्नका लागि उक्त पालबाेकि मेयरकाे टाेलि जम्मुमा पुगेकाे हाे ।
घरकै बनावट डिएजायनकाे उक्त पाह हाललाई २० घरधुरीलाई उपलब्ध गराईएकाे मेयरका सल्लाकार दिपेश श्रेष्ठले हाम्रोकान्तिपुर लाई जानकारी गराएका छन् । नगरपालिकाले जतिसक्दो छिटो मृतक परिवारलाई प्रती मृतक १ लाख रुपैयाँ उपलब्ध गराउने र आवश्यक व्यवस्थापन गर्ने पनि बताए ।

बाह्रबिसे देखि राम्चेहुदै मानेश्वारा जम्मु सडक निर्माण कार्य बुधबार समापन हुने पनि मेयरका सल्लाहकार दिपेश श्रेष्ठले जानकारी गराएका छन् । बाह्रबिसे जम्मु बाढीमा बेपत्ता भएकाहरुकाे भने खाेजि कार्य भैरहेकाे छ ।










