June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

कुवेतद्वारा नेपालसहित चार देशका हवाई उडानमा प्रतिबन्ध

काठमाडौं, नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा फैलिएसँगै कुवेतले नेपालसहित अन्य चार देशबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो ।

यसैगरी कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा गरिएको छ । चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको