April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

कालिमाटी तरकारी बजार आजबाट बन्द हुने

file photo

काठमाडौं, कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको दोस्रो लहरको जोखिमलाई ध्यानमा राख्दै न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।

समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ । समितद्वारा जारी सूचनामा भनिएको छ, ‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ ।’

थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ भने थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ । यस्तै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन ।

शीर्ष समाचार

धेरै पढिएको