June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित


काठमाडौं, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको हो ।

पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताएका छन् । ‘किट ल्याउनका लागि तत्काल प्लेन बन्द हुँदा समस्या भयो, उनले भने, अवको चार/ पाँच दिनपछि किट आउँछ होला ।’

किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको